शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न एमालेको निर्देशन
काठमाडाैं | मंसिर ६, २०८०
काठमाडौं: नेकपा (एमाले)ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको छ । राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ । त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ ।”
यसैगरी, उनले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिए । उनले भने, “मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ । यो महत्त्वपूर्ण निर्णय हो ।”
सो दिन बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर पदयात्रा सुरु हुने उनको भनाइ छ । यसैगरी, जाजरकोट र रुकुमपश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रमा आवासविहीनलाई राज्यले उचित ध्यान दिन नसकेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको पनि उनले बताए ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

